Like us!
Follow us!
Connect us!
Watch us!

सेयरधनीहरुलाई नगद लाभांश लिन सिभिल बैंकको आग्रह

अर्थ संसार

बुधबार, २६ असोज २०७९, ०७ : ४२ मा प्रकाशित

सेयरधनीहरुलाई नगद लाभांश लिन सिभिल बैंकको आग्रह

सिभिल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकका विभिन्न साधारणसभा बाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो । 

बैंकसंग गाभियका साविक एक्सिस डेभलपमेन्ट बैंक, सिभिल मर्चेन्ट वित्तीय संस्था, इन्टरनेशनल लिजिन एण्ड फाइनान्स कम्पनी र युनिक फाइनान्सका केही सेयरधनीहरुको विगत ५ वर्ष भन्दा पहिलादेखीको नगद लाभांश संकलन गर्न बाँकी रहेकाले उक्त लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको हो । 

सेयरधनीहरुले बैकको शेयर राजिष्ट्रार सिभिल क्यापिटल मार्केटको कार्यालय सिभिल ट्रेड सेन्टर सुन्धारा काठमाण्डौमा सम्पर्क गरी सम्पर्क गर्न अनुरोध गरेको छ । 

हालसम्म पनि डिम्याट खाता नखोलेका सेयरधनीहरु भएमा डिम्याट खाता खोल्न र डिम्याट खाता भएर पनि बैंक खाता अद्यावधिक नगरेको भएमा बैंक खाता अद्यावधिक गर्न समेत आग्रह गरेको हो । 

भुक्तानी लिन बाँकी रहेका लाभांशको विवरण बैंकको वेवसाइट www.civilbank.com.np बाट डाउनलोड गरी हेर्न सकिनेछ। यो सूचना प्रकाशित मितिले ३० दिन सम्म भुक्तानी नभएको लाभांश रकम कम्पनी ऐन, २०६३ को दफा १८३६ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नको लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको