Like us!
Follow us!
Connect us!
Watch us!

हुण्डाइद्वारा विश्वकप २०२२ लक्षित “टेष्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा”

अर्थ संसार

बुधबार, २६ असोज २०७९, ११ : १२ मा प्रकाशित

हुण्डाइद्वारा विश्वकप २०२२ लक्षित “टेष्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा”

हुण्डाइ गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्राइभेट लिमिटेडले विश्व कप २०२२ लक्षित“गोल अफ द सेन्चुरी” अभियान अन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेन “Hyundai Test Drive Watch Live FIFA World Cup 2022” को विजेता घोषणा गरेको छ । यस क्याम्पेनका विजेताले फिफा विश्वकप २०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउनेछन् ।

११ अक्टोबरमा गरिएको लक्की ड्र मार्फत २ जना विजेताहरुको छनौट गरियो र ती भाग्यशाली विजेताहरु शेर बहादुर जि.सी. र हस्त माया गुरुङ्ग हुन् ।

दुइ विजेताहरुले आफ्नो रोजाइको एक–एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन् । जसको सम्पूर्ण खर्चहरु हुण्डाइ नेपालले व्यहोर्नेछ ।

यस योजनामा सहभागी जनाउन १९ जुलाईदेखी ३० सेप्टेम्बरसम्म नेपालभरी रहेका हुण्डाइको १७ वटा सोरुमहरुबाट कुनै पनि हुण्डाई गाडीको टेष्ट ड्राइभ गरी आफुलाई रजिष्टर गर्नुपर्ने थियो । यस क्याम्पेनले पर्यावरण दिगोपनका लागी हुण्डाईको प्रयासप्रति सबैको ध्यानाकर्षण गरेको थियो र क्याम्पेनले नेपाली अटोमोबाइल बजारमा अत्याधिक चर्चा बटुल्न पनि सफल रह्यो । आफ्ना ग्राहकहरुलाई सदैव आकर्षक योजना तथा उत्कृष्ट उत्पादनको माध्यमबाट हुण्डाई सबैको रोजाईको ब्राण्ड बन्न सफल भएको छ । 

फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबल मार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गरी खेलका पारखीहरुलाई जोड्ने लक्ष्य सहितको यस क्याम्पेन आफ्नो लक्ष्यमा सफल भएको कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको