Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको सय गुणासम्म रकम वृद्धि गर्ने रिकरिङ्ग निक्षेप योजना अब केही दिनसम्म मात्रै

अर्थ संसार

बुधबार, २६ असोज २०७९, १७ : ०२ मा प्रकाशित

कुमारी बैंकको सय गुणासम्म रकम वृद्धि गर्ने रिकरिङ्ग निक्षेप योजना अब केही दिनसम्म मात्रै

कुमारी बैंक लिमिटेडले ल्याएको प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँचदेखि सय गुणा वृद्धि गर्ने विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना केही दिन मात्र बाँकी रहेको छ। व्यक्तिगत पूँजी निर्माण गर्न रिकरिङ्ग निक्षेप सबै भन्दा राम्रो विकल्पको रुपमा मानिन्छ।

कुमारी बैंक लिमिटेडले विश्वव्यापी रुपमा प्रचलनमा रहेको एसआईपी (SIP) अवधारणामा सो योजना नेपाली आम निक्षेपकर्ता माझ ल्याएको हो । नेपालीको वित्तीय क्षेत्रमा यस प्रकारको योजना ल्याउने कुमारी बैंक पहिलो बैंक रहेको छ । यस आवर्ती (Recurring) योजना अन्तर्गत, प्रारम्भिक बिज रकमको १०% प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहाकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ । यस योजनाबाट न्यूनदेखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा यस बैंक विश्वस्त रहेको छ ।  यो योजना आश्विन १ देखि लागु भएकाे थियाे ।  

सम्भवत, यस दसक कै अधिकतम ब्याजदर, तथा छोटो अवधिमा निक्षेप रकम ५,१०, १५, ५०,१०० गुणा वृद्धि गर्ने मौका कुमारी बैंकको यस खाताले प्रदान गर्दै आएको छ।

ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युतम दस हजारदेखि पच्चीस लाखसम्म प्रारम्भिक बिज रकम जम्मा गरी निम्न अनुसारको धनवृद्धि लक्ष्य प्राप्त गर्न सक्नेछन् :

6346a3e477c7d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको