Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा रु रु जलविद्युतको सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

बुधबार, २६ असोज २०७९, १७ : २८ मा प्रकाशित

नेप्सेमा रु रु जलविद्युतको सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रु रु जलविद्युत परियोजना कम्पनी लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे १० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ७ सय ५१ रूपैयाँ ८२ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारकाे अन्तिम कारोबार मूल्य ८ सय २७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको सञ्चालक समितीको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश कार्तिक ७ गते, बानेश्वर ब्याङ्कवेटमा हुन लागेकाे कम्पनीकाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

6346a8cc8b8e1.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको