Like us!
Follow us!
Connect us!
Watch us!

४ वस्तुमाथिको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याइने

अर्थ संसार

शुक्रबार, २८ असोज २०७९, १४ : ११ मा प्रकाशित

४ वस्तुमाथिको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याइने

सरकारले गत वैशाख १३ देखि प्रतिबन्ध लगाउँदै आएको ४ वस्तुमाथिको आयात मंसिर मसान्तसम्म लम्ब्याइने भएकाे छ । मोबाइल, गाडी, मोटरसाइकल र मदिराको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिफारिस गरेको हाे । विदेशी मुद्राको सञ्चितिमा अझै अपेक्षाकृत रूपमा सुधार नभएकाले आयात प्रतिबन्ध कायम राख्न प्रस्ताव गरिएको मन्त्रालयले जनाएकाे छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ १३ को राजपत्रमा सूचना प्रकाशित गरी एम्बुलेन्स र शववाहनबाहेकका कार, जीप भ्यान, औद्योगिक कच्चा पदार्थबाहेक सबै प्रकारका तयारी मदिरा, १५० सीसीभन्दा बढी क्षमताका मोटरसाइकल र ३०० अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोनको आयातमा लागेको प्रतिबन्ध आज असोज २८ गतेसम्म थप गरेको थियाे ।

विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ती वस्तु आयातमा वैशाख १३ देखि प्रतिबन्ध लगाउँदै आएको छ ।

मन्त्रालयले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी १० वस्तु आयातमा बन्देज लगाएको थियो । तर १० मध्ये ६ वटाकाे भने यसअघि नै खाेलिएकाे थियाे । प्रतिबन्ध लगाउनुको उद्देश्य विदेशी मुद्राको मौज्दातमा हुन सक्ने गम्भीर ह्रासको अवस्थालाई हटाउने वा रोक्ने वा अत्यन्त न्यून अवस्थामा रहेको विदेशी मुद्राको सञ्चितिमा वृद्धि गर्ने गरी मुलुकको बाह्य वित्तीय स्थिति र भुक्तानी सन्तुलनको सुरक्षा गर्नु रहेको मन्त्रालयको भनाइ छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको