Like us!
Follow us!
Connect us!
Watch us!

बढ्दो ब्याजदरका बिरुद्धमा व्यवसायीहरुले बैंक बहिष्कार गर्ने !

अर्थ संसार

आइतबार, ३० असोज २०७९, ०७ : २८ मा प्रकाशित

बढ्दो ब्याजदरका बिरुद्धमा व्यवसायीहरुले बैंक बहिष्कार गर्ने !

निरन्तर बढ्दो ब्याजदरका बिरुद्धमा विरेन्द्रनगर सुर्खेतका व्यबसायीहरुले बैंक बहिष्कार गर्ने भएका छन् । केहि दिन अघि बढ्दो ब्याजदरका बिरुद्धमा व्यवसाय नै बन्द गरेका व्यसायीहरुले २ दिन बैंक बहिष्कारको कार्यक्रम सार्वजनिक गरेका छन् । 

विरेन्द्रनगरमा बैंकको बढ्दो ब्याजदरका बिरुद्धमा संयुक्त व्यवसायी संघर्ष समिती नै गठन गरेर बिभिन्न दवाबमुलक कार्यक्रमहरु गरिरहेका छन् । त्यसैक्रममा उक्त समितीले आज र भोलि सबै व्यवसायीहरुले बैंक बहिष्कार गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन् । 

आन्दोलनरत एक व्यबसायीका अनुसार यो दुई दिन यहाँका कुनै पनि व्यवसायीहरु यहाँका बैंकहरुमा कुनै पनि किसिमको कारोबार गर्न जाने छैनन् । कोरोनाका कारण व्यवसायबाट नै पलायन हुने अवस्थामा आएका व्यापारीहरुलाई निरन्तरको ब्याज बृद्धिले काटेको घाउमा झनै नुन चुक छर्किने काम गरेको उनको गुनासो छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको