Like us!
Follow us!
Connect us!
Watch us!

भोट माग्न अर्वपति बिनोद चौधरी ‘मोटरसाईकलमा’ !

अर्थ संसार

सोमबार, ३१ असोज २०७९, १९ : २५ मा प्रकाशित

भोट माग्न अर्वपति बिनोद चौधरी ‘मोटरसाईकलमा’ !

नेपालका अर्बपती ब्यापारी बिनोद चौधरी अहिले चुनाबको चटारो छ । नेपाली कांग्रेशको तर्फबाट नवरपरासी पश्चिम १ बाट प्रतिनिधिसभाको सदस्यका लागि उम्मेद्वार भएका चौधरीलाई प्रचारप्रसारमा भ्याईनभ्याई छ । 

आज चुनावी प्रचारप्रसारका क्रममा उनि मोटरसाईलमा समेत यात्रा गर्न भ्याए । एक कार्यकर्ताले चलाएको मोटरसाईकलको पछाडी बसेर उनि आज प्रचारप्रसारमा सहभागि भएका हुन् । उनले आफ्नो उक्त तस्विर सामाजिक सञ्जालमा समेत सेयर गरेका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा फोटो सेयर गर्दै लेखेका छन् ‘अघि बढी सकेका, मेरा यी पाईला हरु अब न थाक्ने छन्  न रोकिने नै छन । हिजो म आफ्ना जनता माँझ  अप्रत्यक्ष रुपमा हर सुखदुःख साथ थिए भने, आज प्रत्यक्षरुपमा जनताको घर आगँनमा छु ।’

चौधरी पछिल्लोपटक नेपाली कांग्रेशको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सदस्य रहेका थिए भने २०६४ मा नेकपा (एमाले) को तर्फबाट संविधानसभाको समानुपातिक सदस्य बनेका थिए । चौधरी पहिलोपटक प्रत्यक्ष प्रकृयाबाट निर्वाचन उठ्न लागेका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको