Like us!
Follow us!
Connect us!
Watch us!

देउवासँग लाइभ डिबेटमा आउन तयार छु : ओली

अर्थ संसार

मंगलबार, ०१ कार्तिक २०७९, १४ : ३२ मा प्रकाशित

देउवासँग लाइभ डिबेटमा आउन तयार छु : ओली

एमाले अध्यक्ष केपी ओलीले एजेन्डामा आधारित बहसका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिबेटमा आउन तयार रहेको बताएका छन् ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै धेरैले सामाजिक सञ्जालमा आफू र प्रधानमन्त्री देउवालाई लाभभ डिबेटमा आउन सुझाव दिएको उल्लेख गर्दै उनले त्यसका लागि आफू तयार रहेको बताएका हुन् । मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री ओलीले निर्वाचनका समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको उल्लेख गर्दै आफू त्यसका लागि तयार रहेको बताएका छन् ।

‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाईभ डिबेट’ मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि !’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको