Like us!
Follow us!
Connect us!
Watch us!

उडिरहेको विमानभित्र सर्प भेटिएपछि...

अर्थ संसार

बुधबार, ०२ कार्तिक २०७९, ११ : ३३ मा प्रकाशित

उडिरहेको विमानभित्र सर्प भेटिएपछि...

फ्लोरिडाको टम्पा सहरबाट न्यु जर्सीको उडानको अन्त्यमा विमानभित्र सर्प भेटिएको छ । उडानमा अप्रत्याशित ढंगले सर्प देखिएपछि यात्रुहरू आतंकित बनेका छन् । विमान अवतरण गरेलगत्तै नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलका कामदारहरूलाई सर्प समात्न बोलाइएको थियो ।

न्युयोर्क र न्यु जर्सीको बन्दरगाह प्राधिकरणले एक विज्ञप्तिमा भनेको छ कि विमानस्थलको वन्यजन्तु सञ्चालन कर्मचारी र पोर्ट अथोरिटी पुलिस विभागका अधिकारीहरूले युनाइटेड फ्लाइट २०३८ बाट ‘गार्टर स्नेक’ हटाएर पछि जंगलमा छाडिदिएका छन् ।

सर्पका कारण कोही पनि घाइते नभएको र सञ्चालन प्रभावित नभएको विज्ञप्तिमा जनाइएको छ । यात्रुहरूले चालक दललाई सर्पको बारेमा सचेत गराएको र एयरलाइन्सले स्थितिको ख्याल गर्न उपयुक्त अधिकारीहरूलाई बोलाएको युनाइटेडले जनाएको छ ।  विजनेश क्लासका यात्रुहरुले विमान उडेको देखेका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको