Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशियाको वित्तिय विवरण चिरफार :कसरी एकोहोरो बढिरहेको छ वितरणयोग्य मुनाफा र इपीएस ?

अर्थ संसार

बुधबार, ०९ कार्तिक २०७९, ०८ : ३२ मा प्रकाशित

एनआइसी एशियाको वित्तिय विवरण चिरफार :कसरी एकोहोरो बढिरहेको छ वितरणयोग्य मुनाफा र इपीएस ?

एनआइसी एशिया  बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरिसकेको छ।  विवरण अनुसार बैंकले  वितरणयोग्य मुनाफा र इपीएसलाई बढाउन सफल भएको छ।  

खुद नाफा 

विवरण अनुसार पहिलो त्रैमासमा बैंकले आफ्नो खूद मुनाफा बढाएको छ । गत वर्ष १ अर्ब १८  करोड रहेको नाफा यो साल बढाएर १ अर्ब ७५ करोड माथि पुर्याएको छ।   खुद नाफा बैंकले ४८.७९ प्रतिशतले वृद्धि गर्न सफल भएको छ। खुद नाफा बढ्नुको प्रमुख कारण खुद ब्याज आम्दानी सञ्चालन मुनाफा बढ्नु नै देखिन्छ।  
 

खुद ब्याज आम्दानी
बैंकको खूद ब्याज आम्दानी बढेको छ । यस अवधिमा बैंकले ३ अर्ब ४१ करोड यस्तो आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्ममा यस्तो आम्दानी २ अर्ब ७८ करोडमा सीमित थियो । यो २२.५७ प्रतिशतको वृद्धि हो। 

सञ्चालन मुनाफा
एनआइसी एशिया  बैंकले आक्रामक रुपमा यस वर्ष बैंकले सञ्चालन मुनाफा बढाएको छ।  बैंकले ५०.८० % ले संचालन मुनाफा बढाएको छ। अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ६७ करोड रुपैयाँमा सीमित सञ्चालन मुनाफा अहिले बढाएर २ अर्ब ५२ करोड  पुगेको छ ।

वितरणयोग्य मुनाफा

बैंकले अहिलेको समीक्षा अवधिमा वितरणयोग्य मुनाफा पनि राम्रो बढेको देखिन्छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा एनआइसी एशियाले ४८.७९ प्रतिशतले वितरणयोग्य मुनाफा बढाएको हो । अघिल्लो वर्ष यही अवधिसम्म १ अर्ब १८  करोड  रुपैयाँमा रहेको  मुनाफा यो समीक्षा अवधिमा बढेर १ अर्ब ७५ करोड पुगेको छ ।

खराब कर्जाको अनुपात(एनपीएल)

बैंकको खराब कर्जा भने बढेको छ। अघिल्लो वर्षको यस अवधिसम्म ०.४९ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर ०.५९  प्रतिशत पुगेको छ । 

प्रतिसेयर आम्दानी(इपीएस)

एनआइसी एशिया  बैंकको  इपीएस बढेको छ । अघिल्लो वर्षको यही अवधिमा प्रति सेयर आम्दानी ३९.६५ रहेको बैंकको यो त्रैमासको इपीएस  ५९.६२ रहेको छ।  

विवरणको विश्लेषण 

बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक नै रहेका छन् ।यस बैंकले आ.व. २०७९/८० को प्रथम त्रैमास सम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम रू. २७३.१० अर्ब पु-याउन सफल भएको देखिन्छ  । साथै, निक्षेपतर्फ कुल निक्षेप संकलन रू. ३०८.१८ अर्ब पुराएको छ । बैंकले यस त्रैमसमा खुद मुनाफातर्फ रू. १.७५ अर्ब आर्जन गर्न सफल भएकोे छ, जुन वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल (ROE) २६.५५ प्रतिशत रहेको छ । साथै, यस बैंकले वार्षिक प्रति सेयर आम्दानी रू. ५९.६२ आर्जन गर्न बैंक सफल भएको छ । स्व–पूँजीमा प्रतिफल र प्रति सेयर आम्दानी २६ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई प्रथम त्रैमास सम्ममा ०.५९ प्रतिशतमा सीमित राख्न सफल नै भएको देखिन्छ। 

कसरी यति धेरै वितरणयोग्य मुनाफा र इपीएस ?
बजारमा रहेका वाणिज्य बैंकको तुलनामा एनआइसी एशिया  बैंकको विवरणयोग्य मुनाफा र  इपीएस एकहोरो बढ्नुमा चुक्ता पुजी नबड्नु, राष्ट्र बैंकले गत वर्षको मुनाफा बाट बैंकले घोषणा गरेको लाभांस रोक्नु र ब्याजदरमा बेस रेट बढ्नुलाई लिन सकिन्छ। एनआइसी एशिया  बैंकको गत वर्षबाट यो वर्ष सम्म आइपुग्दा बैंकको चुक्ता पूँजी जस्ताको तेस्तै रहेको छ। कुनै बैंक तथा वित्तियसँग मर्जर/ गाभ्ने प्रकिया नजादा पनि बैंकको चुक्ता पूँजी परिवर्तन भएको छैन। गत वर्ष देखि नै बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड रहेको छ।  

चुक्ता पूँजी जस्ताको तेस्तै रहनुमा राष्ट्र बैंक पनि कारक रहेको छ। एनआइसी एशिया  बैंकले २०७७/७८ वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो। राष्ट्र बैंकले नियम मिचेर लाभांश घोषणा गरेको भन्दै एनआइसी एसियालाई वार्षिक साधारणसभा गर्ने स्वीकृति दिएको थिएन। राष्ट्र बैंकले पुँजी कोष अनुपात नपुर्‍याएको भनेर  लाभांश वितरण गर्न रोक लगाएको थियो । एनआइसी एसियाले उक्त समय ऋण लगानीमा तिव्रता दिँदा पुँजी कोष साढे ८ प्रतिशत कायम गर्न सकेन।  राष्ट्र बैंकले  साढे ८ प्रतिशत प्राथमिक पुँजी पुर्‍याउनु पर्ने पुरानै नियम भएको र त्यो हुँदाहुँदै पनि लाभांश घोषणा गरेको भन्दै त्यसलाई सच्याएर ल्याउन भनेको थियो ।  एनआइसी एसियाले पुँजीकोष ८.१ प्रतिशत मात्र कायम गरेको थियो। बैंकले पुँजीको क्षमताभन्दा बढी ऋण बिस्तार गरेका कारण प्राथमिक पुँजी कोष साढे ८ प्रतिशत नपुगेको थियो। चुक्ता पूँजीमा परिवर्तन नहुनु र लाभांस पनि सेयरधनीले नपाउदा यसले वितारंयोग्य मुनाफा र इपीयस बढाउन मद्दत नै गरेको छ। 

तेस्तै कम्पनीको आम्दानी बढ्नुको अर्को कारक बेस रेट बढ्नुलाई पनि लिन सकिन्छ। हाल बैंकको बेस रेट १०.६७ % रहेको छ जुन गत आर्थिक वर्षको यहि समिक्षा अवधिमा ७.४८ रहेको थियो। जसको कारण बैंकको खुद ब्याज आम्दानी २२.५७ प्रतिशतको वृद्धि भएको छ जसले वितरणयोग्य मुनाफा र इपीएसलाई बढाउन मद्दत नै गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको