Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लार्ज क्याप फण्डको बजारका ८५ कम्पनीमा लगानी, सबैभन्दा धेरै एनआईसी एशिया बैंकको सेयरमा

अर्थ संसार

आइतबार, १३ कार्तिक २०७९, १३ : ५० मा प्रकाशित

सानिमा लार्ज क्याप फण्डको बजारका ८५ कम्पनीमा लगानी, सबैभन्दा धेरै एनआईसी एशिया बैंकको सेयरमा

सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फण्डले २०७९  साल आश्विन महिना मसान्तको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। आश्विन मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ८ रुपैयाँ ५३ पैसामा सीमित भएको छ । उक्त मूल्य भाद्र मसान्तकाे तुलनामा ०.१७ पैसाले घटेकाे हाे । भाद्र मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य ८ रुपैयाँ ७० पैसा रहेकाे थियो ।

यस फण्डको लगानी 
सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी - ५३ करोड ९३  लाख (भाद्र मसान्तमा ५५ करोड ८ लाख लगानी रहेको )
डिभेन्चर  - ७ करोड ८९ लाख  (भाद्रमा ६ करोड ७६ लाख  पनि समान )
सार्वजनिक निस्कासन/हकप्रद सेयर/बोनस सेयर - ४६ लाख ४३ हजार (भाद्रमा १  करोड ६ लाख )
फिक्स डिपोजिट- १६ करोड (भाद्रमा पनि ७ करोड  )

सानिमा लार्ज क्याप फण्डले विभिन्न प्रकारका ८५ वटा सूचीकृत धितोपत्रमा लगानी गरेको छ । सबैभन्दा धेरै एनआईसी एशिया बैंकको सेयरमा लगानी गरेको छ ।  फण्डले यस कम्पनीको ७३,६६० कित्ता सेयरमा ४ करोड ४९ लाख ३२ हजार लगानी राखेको देखिन्छ। 

यस अवधिसम्म योजनाकाे बैंक मौज्दातमा २४ करोड ३० लाख ९६  हजार रुपैयाँ पुगेकाे छ ।भाद्र मसान्तसम्मकाे तुलनामा थोरै घटेको हो । भाद्र मसान्तसम्ममा फण्डकाे बैंक मौज्दातमा २४ करोड ६०  लाख ८१ हजार रूपैयाँ रहेको थियो ।

योजनाले प्रकाशन गरेकाे आश्विन मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको