Like us!
Follow us!
Connect us!
Watch us!

ट्वीटर प्रयाेगकर्तालाई एलन मस्ककाे अर्काे झड्का : अब ‘ब्लू टिक’ का लागि मासिक ८ डलर तिर्नुपर्ने

अर्थ संसार

बुधबार, १६ कार्तिक २०७९, ११ : ५९ मा प्रकाशित

ट्वीटर प्रयाेगकर्तालाई एलन मस्ककाे अर्काे झड्का : अब ‘ब्लू टिक’ का लागि मासिक ८ डलर तिर्नुपर्ने

अब उप्रान्त ट्वीटरको ‘ब्लू टिक’ का लागि मासिक ८ डलर तिर्नुपर्ने भएकाे छ । एलन मस्कले  ४४ अर्ब डलरमा ट्वीटर खरिद गरेदेखि ट्वीटरमा विभिन्न परिवर्तन गरिरहेका छन् ।

अहिलेसम्म ‘ब्लू टिक’ निःशुल्क रहेको थियो । अब भने मासिक ८ डलर तिर्नुपर्ने भएकाे छ । मस्कको याे कदमले विश्वसनीय स्रोतहरू पहिचान गर्न झन् कठिन हुने आलोचकहरूले बताएका छन् ।

यता मस्कले भने आगामी दिनमा पैसा दिनेहरुका लागि कम विज्ञापन, खोज्न र जवाफ दिन सहज, लामो अडियो भिडियो पोष्ट गर्ने लगायतका धेरै सुविधा पाइने ट्वीटरमा लेखेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको