Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार कुन ब्रोकरबाट कति कारोबार भयो ?

नेप्से

आइतबार, २० कार्तिक २०७९, १६ : १८ मा प्रकाशित

आइतबार कुन ब्रोकरबाट कति कारोबार भयो ?

आज (आइतबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्दा प्राय सबै सूचक हरियै भएर काराेबार बन्द भएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा पुगेकाे छ । नेप्से २.२५ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ८.०९ अंकले बढेर ३८७.५२ विन्दुमा पुगेकाे छ । कूल २२८ वटा कम्पनीकाे ३९ लाख १३ हजार ५ सय ७३ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५ सय ६१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

आज धेरै कारोबार गर्ने १० वटा ब्रोकहरुमध्येमा ६ वटा ब्रोकरहरुको खरिद बढी छ भने बाँकी ४ वटा ब्रोकरको बिक्री बढी छ । 

आज सबैभन्दा बढी रकमको सेयर कारोबार ब्रोकर नम्बर ५८ बाट भएको छ । ५८ नम्बरबाट १० करोड ९ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर खरिद हुँदा ७ करोड ४० लाख ५९ हजार रुपैयाँ बराबरको सेयर बिक्री भएको छ ।

त्यसैगरी, खरिदकाे तुलनामा ब्राेकर नम्बर २८ ले बढी रकमकाे सेयर बेचेकाे छ । २८ नम्बर ब्राेकरले ४ कराेड ५ लाख ८१ हजार रूपैयाँ बराबरकाे सेयर किन्दा १० कराेड ९९ लाख ५४ हजार रूपैयाँ बराबरकाे सेयर भने बेचेकाे छ  ।

टप १० ब्रोकरहरुको खरिद र बिक्री :

63678da52dfe7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको