Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको साधारणसभा आज, के-के छन् प्रस्ताव ?

अर्थ संसार

सोमबार, २१ कार्तिक २०७९, ०७ : ०३ मा प्रकाशित

कुमारी बैंकको साधारणसभा आज, के-के छन् प्रस्ताव ?

कुमारी बैंक लिमिटेडको बाईसौँ वार्षिक साधारणसभा आज कात्तिक २१ गते, सोमबार कुमारी बैंकको नक्साल कार्यालयमा बिहान ११ बजेदेखि हुँदैछ ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १२.५० प्रतिशत नगद लाभांश ९कर समेत० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ । साथै मर्जर तथा एक्विजिशन गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति तथा सोले गरेको कार्य अनुमोदन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि अन्य कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही कात्तिक १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो। मर्जर प्रक्रियामा रहेका कारण बैंकको सेयर कारोबार भने दोस्रो बजारमा बन्द रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको