Like us!
Follow us!
Connect us!
Watch us!

के फेसबूकले सून्छ तपाईंको कुराकानी ? अनि किन देखिन्छ त तपाईंले बोलेको कुरा विज्ञापनमा ?

धिरज पौड्याल

आइतबार, २७ कार्तिक २०७९, १५ : १५ मा प्रकाशित

के फेसबूकले सून्छ तपाईंको कुराकानी ? अनि किन देखिन्छ त तपाईंले बोलेको कुरा विज्ञापनमा ?

तपाईंहरूले धेरै पटक अनुभव गर्नुभएको होला तपाईंले कुनै संवादको बीचमा गरेका कुराकानीहरु जब विज्ञापनको रूपमा देखा पर्दछ अनि तपाईंहरूलाई लाग्छ फेसबुकत कुरा सुन्ने पो रहेछ, मलाई पनि यस्तै लागेको थियो जब साथीहरुसँग हुँदा पार्टी गर्ने सल्लाह गरेका थियौ,सल्लाह गर्नेबेला डेटा बन्द रहेको फोन र मैले कतैपनि पार्टीको लागि गन्तव्य खोजेको थिएन तर घर फर्केर फेसबुक हेर्दा मेरो फेसबुक र गुगलमा विभिन्न रेस्टुरेन्ट र फुड डेलिभरी गर्ने एपको प्रचार सामग्री देखिन थाले जसले मलाई अचम्मित बनायो। यो घटना मलाई मात्र हैन पढ्दै गर्नुहुने सबैलाई अनुभव भएको छ होला, यस लेखमा फेसबुकले कसरी विज्ञापन सामग्री देखाउँछ चर्चा गर्नेछौं। 

हामीले गरेको कुरा फेसबुकले सुन्ने र सोहीअनुसारको विज्ञापन देखाउने कुरालाई कंस्पिरेसी थेओरी रहेको बताउँछन् फेसबुकका संस्थापक मार्क जुकरबर्ग। विभिन्न सामाजिक सञ्जाल र गुगल एकापसमा जोडिएका हुन्छन् र हामीले गर्ने सानासाना विषयहरूलाई फेसबुकले निगरानी गर्ने गर्दछ र विज्ञापनको रूपमा ताजा आवश्यक कुराहरू देखाउने गर्दछ। 

फेसबुकले विज्ञापन देखाउने प्रक्रियामा साना साना विषयहरूमा ट्रयाक गर्दछ, हामीले के गरिरहेका छौ, हाम्रो सामाजिक सञ्जालको व्यवहार, पछिल्लो समय हाम्रो आवश्यकता कस्तो छ, हाम्रो चाहना के छ, कुन व्यक्तिलाई फलो गरीरहेका छौ साथै कुन कुन पोस्टमा लाइक गरेका छौ, कुन कुन ह्यास्टाग प्रयोग गरेका छौ, हामी रहेको लोकेसन, हामी भएको लोकेशनमा आबद्ध अर्को साथीको क्रियाकलाप लगायतका विषयहरूलाई विज्ञापनको अल्गोरिदम प्रभावित गर्ने गर्दछ। 

फेसबुकले गर्ने विज्ञापनमा हाम्रो दुवै अनलाइन र अफलाइन क्रियाकलापलाई प्रभावित गर्ने गर्दछ, फेसबुकले हामीले गर्ने धेरै क्रियाकलापमा हामीहरूलाई ट्रयाक गर्ने गर्दछ जुन कुरा हामीलाई थाहा पनि हुँदैन, जसका कारण फेसबुकले सटीक रूपमा विज्ञापन टार्गेट गर्न सफल रहन्छ र हामीहरू फेसबुकले हाम्रा कुरा सुनेको भन्ने ठान्छौ। 

हामीले जान अन्जानमा सामाजिक सञ्जालहरुमा विभिन्न एक्सेस हरु दिने गर्दछौ जसका कारण सामाजिक सञ्जालमा एआई र मसिन लर्निङमार्फत हाम्रो सबै तथ्याङ्क र डाटाको एउटा सञ्जाल बन्न गर्दछ, हाम्रो सञ्जालको प्रयोग गरी विज्ञापन सामग्री फिल्टर गर्ने गर्दछ। फेसबुकले गुगलमा गरिने खोजलाई पनि ट्रयाक गर्ने गर्दछ। अन्य वेबसाइटहरुमा हामीले के के गरेउ लगायतका विषयहरूलाई अल्गोरिदममा लिने गर्दछ र गुगल तथा अन्य सर्च इन्जिन पनि नेटवर्कमा आबद्ध रहने हुँदा फेसबुकमा देखिने विज्ञापनले हामीलाई अचम्मित तुल्याउँछ। 

हामीले सुरुमा लिएको उदाहरणमा फर्केर कुरा गर्दा मैले सर्चनै नगरेको र कसैलाई नबताएको साथीहरु बीचको संवाद कसरी फेसबुकले मलाई विज्ञापनको रूपमा रेस्टुरेन्ट सल्लाह गर्यो त? फेसबुकले यो सबै माथी चर्चा गरे जस्तै ट्रयाक मार्फत गरेको हो। फेसबुकले हामी साथीहरु एउटै लोकेसनमा जम्मा रहदा त्यसलाई ट्रयाक गरेको हुन्छ र यस्तो अवस्थामा हामी सबै साथीहरुको क्रियाकलापको आधारमा मलाई उक्त बिज्ञापनको रूपमा सल्लाह दिएको हुन सक्छ। फेसबुकले हाम्रो संवाद सुन्ने स्वीकार गरेको छैन। फेसबुकमा पहिला कैले साथी नभएको व्यक्तिलाई भेट्दा कहिले काँही फ्रेण्ड यु मे नो मा सजेस्ट डमोग्रफिक लोकेसनको आधारमा हुने देखिन्छ। 

प्रविधिको विकास र विस्तार उच्च रूपमा भइरहँदा आधुनिक र वैज्ञानिक रूपमा हामीलाई चुस्त दुरुस्त ट्रयाक गरिरहेका हुन्छ। फेसबुकले ट्रयाक नहुने सुविधा पनि दिएको हुन्छ जुन धेरै प्रयोग भईरहेको छैन। फेसबूकले विभिन्न मनोवैज्ञानिक तथा प्राविधिक ट्रयाकिङ प्रयोग गरी सटीक विज्ञापन देखाउने गर्दछ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको