Like us!
Follow us!
Connect us!
Watch us!

सुखी नेपाली समृद्ध नेपालको नारालाई जनताको ठूलो साथ छ, मंसिर ४ पछि एमालेको सरकार बन्छः ओली

अर्थ संसार

सोमबार, २८ कार्तिक २०७९, ०८ : ३५ मा प्रकाशित

सुखी नेपाली समृद्ध नेपालको नारालाई जनताको ठूलो साथ छ, मंसिर ४ पछि एमालेको सरकार बन्छः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को चुनावपछि एमालेको बहुमतको सरकार बन्ने बताएका छन्।

आइतबार सुर्खेतमा आयोजित निर्वाचन सभालाई सम्बोधन गर्दै उनले यस पटकको निर्वाचन सामान्य अवस्थाको जस्तो सरकार बनाउनका लागि मात्रै नभएको बताए।

मंसिर ४ को निर्वाचनबाट देश बचाउने शक्तिलाई ल्याउन जनता सचेत हुनुपर्छ भन्दै उनले देशको सार्वभौमसत्ता जोगाउने बलियो राष्ट्रिय शक्ति बनाउन जरुरी रहेको बताए।

सबै शक्ति मिलेर एमालेलाई सिध्याउने प्रयास गरे पनि त्यो सफल हुन नसकेको भन्दै सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा बोकेको पार्टीलाई जनताको ठूलो साथ रहेको ओलीको भनाइ थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको