Like us!
Follow us!
Connect us!
Watch us!

४० कराेड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

अर्थ संसार

मंगलबार, २९ कार्तिक २०७९, १६ : ३४ मा प्रकाशित

४० कराेड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ४० कराेड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।

बैंकले बैंककाे उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६७ दिनका लागि (२०७९ साल मंसिर ८ गतेदेखि २०८० साल मंसिर ९ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ । 

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ३२ कराेड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ६ करोड रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा २ कराेड रुपैयाँ गरी कूल ४० कराेड रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले कार्तिक २९ गतेदेखि मंसिर १ गते बेलुका ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

मुद्दती निक्षेपकाे बारेमा सम्पूर्ण विवरण यस प्रकारकाे छ :

63736fb56bbfc.jpg 63736fbd9a6e4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको