Like us!
Follow us!
Connect us!
Watch us!

अपर तामाकाेशीकाे नाफा घट्दा ७ रुपैयाँमा झर्याे ईपीएस

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, १४ : ०६ मा प्रकाशित

अपर तामाकाेशीकाे नाफा घट्दा ७ रुपैयाँमा झर्याे ईपीएस

अपर तामाकाेशी हाइड्राेपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले ७९ करोड ७७ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा रकम अघिल्लाे वर्षकाे तुलनामा ७.२४ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा कम्पनीले ८६ करोड १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियाे ।

समिक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ३ अर्ब ५६ करोड १७ लाख ८२ हजार रूपैयाँ आम्दानी गरेकाे छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ७२ कराेड ७७ लाख ५१ हजार रूपैयाँ आम्दानी गरेकाे थियाे । कम्पनीको कर्मचारी सञ्चालन खर्च भने बढेर ११ करोड १८ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै, कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ५३ पैसामा झरेकाे छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ ८१ रुपैयाँ ५९ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको