Like us!
Follow us!
Connect us!
Watch us!

युनिलिभरकाे बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

विहीबार, ०१ मंसिर २०७९, १० : ३२ मा प्रकाशित

युनिलिभरकाे बम्पर लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

युनिलिभर नेपाल लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (मंसिर १ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि मंसिर ४ गतेदेखि मंसिर २० गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (मंसिर १ गते, बिहीबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकको संचालक समितिको बैठकले कम्पनीको २९ औँ वार्षिक साधारणसभा मंसिर २० गते मंगलबार होटल एभरेष्ट, नयाँ बानेश्वरमा दिउँसो साढे ४ बजेदेखि संचालन गर्ने निर्णय गरेको छ ।

सभाले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १२१५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको