Like us!
Follow us!
Connect us!
Watch us!

स्वतन्त्र उम्मेदवार पुडासैनीकाे ११ प्रतिज्ञा : म्युचुअल फण्डलाई लकिङदेखि कमिसन घटाउनेसम्म

अर्थ संसार

विहीबार, ०१ मंसिर २०७९, १० : ५८ मा प्रकाशित

स्वतन्त्र उम्मेदवार पुडासैनीकाे ११ प्रतिज्ञा : म्युचुअल फण्डलाई लकिङदेखि कमिसन घटाउनेसम्म

प्रतिनिधी सभाको निर्वाचनमा काठमाडौंको क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवार निरन्जन पुडासैनीले पूँजी बजारसँग सम्बन्धित ११ वटा प्रतिज्ञा गरेका छन् । उनले सम्पूर्ण सेयर लगानीकर्ताहरूलाई सम्बाेधन गर्दै ११ वटा प्रतिज्ञा सार्वजनिक गरेका छन् ।

साथै, उनले आफूलाई पुतली चुनाव चिन्हमा मत दिई अत्याधिक बहुमतले विजयी गराउन समेत सबै मतदाताहरूलाई आग्रह गरेका छन् ।

पूँजी बजारसम्बन्धी उनका ११ प्रतिज्ञाहरु यस प्रकारका छन् :

१. पूँजी बजारमा वैदेशिक लगानी खुला गर्ने, सर्ट सेल र इन्द्रा डे कारोबार तत्काल शुरु गर्ने ।

२. सेयर किनबेच गर्दा लाग्ने ब्रोकर कमिशन शुल्कलाई घटाएर अधिकतम ०.१०% कायम गर्ने ।

३. पूँजीगत लाभकर अधिकतम ५% कायम गर्ने, सेयर धितो कर्जामा लगाइएको १२ करोडको सिमा हटाउने ।

४. हाल सन्चालनमा रहेको TMS मा बारम्बार समस्या देखिएकोले यसलाई विस्थापित गरि अन्तर्राष्ट्रिय स्तरको नयाँ TMS सन्चालनमा ल्याउने ।

५. लगानीकर्ताले सेयर बिक्री गर्दा क्लोज आउटमा परी जरिवाना तिर्नुपर्ने अवस्थाको अन्त्य गर्ने ।

६. पूँजी बजारमा सूचिकृत नियमनकारी निकाय नभएका कम्पनिहरुको नियमन गर्न छुट्टै नियमनकारी निकाय गठन गरी प्रभावकारी नियमन गर्ने ।

७. रु. २५ करोडभन्दा बढी सेयर लगानी भएका संस्थाहरुलाई पूँजी बजारमा अनिवार्य रुपमा सूचिकृत हुनुपर्ने व्यवस्था गर्ने ।

८. Mutual Funds ले आरक्षण वापत पाएको IPO बिकी गर्न १ वर्षको Locking Period लागू गर्ने ।

९. नियमनकारी निकायले सूचिकृत संस्थालाई संस्थागत शुसासन पालना नगरेवापत तिराउने जरिवाना रकम संस्थाको कोषबाट नभइ CEO र सन्चालक समितिका पदाधिकारीहरुबाट व्यक्तिगत रुपमा असुल गर्ने व्यवस्था गर्ने ।

१०. नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर खरीद बिक्रीमा लगाएको अंकुश हटाउने ।

११. पूँजी बजारसम्बन्धी विज्ञहरुको समूह बनाइ उक्त समूहले समय समयमा दिएको राय सुझावको आधारमा आवश्यक निति नियम निर्माण र संशोधन गर्ने ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको