Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राले पायाे उर्जा ऋणपत्र निष्कासन गर्न सेबोनबाट अनुमति

अर्थ संसार

सोमबार, ०५ मंसिर २०७९, १२ : १४ मा प्रकाशित

निफ्राले पायाे उर्जा ऋणपत्र निष्कासन गर्न सेबोनबाट अनुमति

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले उर्जा ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएकाे छ ।

बैंकले ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १ गते, बुधबार सेबाेनमा निवेदन पेश गरेकाे थियाे । साेही ऋणपत्र निष्कासन गर्न सेबाेनबाट अनुमति पाएकाे हाे । जसमध्ये बैंकले सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गर्नेछ ।

बैंकले ७ वर्ष अवधि भएकाे वार्षिक ७ प्रतिशत व्याज भएकाे "७ वर्ष, ७% निफ्रा उर्जा ऋणपत्र, २०८५/८६" नाममा ऋणपत्र निष्कासन गर्न लागेकाे हाे ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको