चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको मतान्तर घटेको छ । पछिल्लो गणनासम्ममा एमाले उम्मेदवार कृष्ण भक्त पोख्रेलले २३३१ मत ल्याउँदा रवि लामिछानेले २२२७ मत प्राप्त गरेका छन् ।
दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका तर्फबाट गठबन्धनका साझा उमेद्वार उमेश श्रेष्ठ अहिले तेस्रो स्थानमा झरेका छन् । उनले अहिलेसम्म २०३६ मत प्राप्त गरेका छन् ।
यसपछि मतगणना हुने क्षेत्र चितवनको शहरी क्षेत्र भएकाले रविले त्याहाँबाट राम्रो भोट ल्याउने रास्वपाका कार्यकर्ताको दाबी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस