Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स हाइड्रोकाे आईपीओ बाँडफाँड आज, पर्ने सम्भावना उच्च

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, ११ : १८ मा प्रकाशित

पिपुल्स हाइड्रोकाे आईपीओ बाँडफाँड आज, पर्ने सम्भावना उच्च

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि कार्तिक २९ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (मंसिर ७ गते, बुधबार) हुँदैछ । 

निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार कम्पनीकाे आईपीओ आज बुधबार क्यापिटलकाे कार्यालय, नक्साल, काठमाडाैँमा दिउँसाे ४ बजेदेखि गरिनेछ । 

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १२ लाख ३४ हजार ३ सय १० जना लगानीकर्ताहरूले १ अर्ब ४६ कराेड २७ लाख ३९ हजार रूपैयाँ बराबरकाे १ कराेड ४६ लाख २७ हजार ३ सय ९० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीकाे आईपीओ ५ लाख १५ हजार जना लगानीकर्ताहरूले १० कित्ता प्राप्त गर्नेछन् । कुल १२ लाख लगानीकर्ताकाे आवेदन परेकाे हुनाले याे आईपीओ पर्ने सम्भावना प्रबल रहेकाे छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयर बाँडफाँड गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता सहित कुल ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्कासन गरेको हो। जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ८० हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयरका लागि आवेदन दिन सक्दथे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको