Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि भर्न पाउने

अर्थ संसार

विहीबार, ०८ मंसिर २०७९, १४ : १० मा प्रकाशित

कामना सेवाको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि भर्न पाउने

कामना सेवा विकास बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । बैंकका संस्थापक सेयरधनी मुकुन्द शरण उपाध्यायले आफ्नाे नाममा रहेकाे कुल २० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेकाे हाे । उक्त सेयरकाे न्युनतम मूल्य ३ सय रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले साे वा साेभन्दा बढी मूल्य कबुल गरी निवेदन पेश गर्न सक्नेछन् ।

बैंकले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे केन्द्रिय कार्यालय, ज्ञानेश्वर, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको