एनआईसी एशिया बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे एनआईसी एशिया क्यापिटल अन्तर्गत सञ्चालित एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले मंसिर ९ गतेदेखि आफ्ना इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेकाे छ ।
फण्डले नगद लाभांश वितरण गर्नको लागि कार्तिक १५ गते एक दिनका लागि बुकक्लोज गरेको थियाे । त्यसैले कार्तिक १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र याे लाभांश प्राप्त गर्नेछन् ।
एनआईसी एशिया क्यापिटल लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले एनआईसी एशिया डाईनामिक डेप्ट फण्डका इकाईधनीहरूलाई करसहित ६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।
फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ ।
फण्डकाे योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस