Like us!
Follow us!
Connect us!
Watch us!

स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच भुक्तानी सेवालाई सम्झौता

अर्थ संसार

मंगलबार, १३ मंसिर २०७९, १३ : ५१ मा प्रकाशित

स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकबीच भुक्तानी सेवालाई सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) तथा ‘क’ वर्गको वाणिज्य बैंक-एभरेष्ट बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सञ्चालनको लागी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र एभरेष्ट बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गरेका छन् ।

विगत २० वर्षदेखि कार्डलगायत भुक्क्तानीका विभिन्न सेवा दिँदै आएका स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइ बनेको एभरेष्ट बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ ।

यस सहकार्यले एभरेष्ट बैंकको मोबाइल बैकिङ्ग  प्रयोगकर्ताले इबिएल टच ट्वान्टीफोर (EBLTouch 24) एप मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्तानी गर्न सक्छन् । एभरेष्ट बैंक मार्फत विभिन्न व्यापार/व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन् । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीच मार्फत कारोबारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको