Like us!
Follow us!
Connect us!
Watch us!

जनतामा भ्रम छर्ने प्रवृत्तिलाई सुशासन र विकासमार्फत परास्त गर्न सकिन्छः प्रचण्ड

अर्थ संसार

बुधबार, १४ मंसिर २०७९, ०७ : ०३ मा प्रकाशित

जनतामा भ्रम छर्ने प्रवृत्तिलाई सुशासन र विकासमार्फत परास्त गर्न सकिन्छः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले अबको आवश्यकता विकास र सुशासन भएको बताएका  छन्  ।  उनले समाजवादको आधार तयार पार्ने समृद्धिको नयाँ यात्रा र आर्थिक क्रान्तिका लागि गोरखातर्फ आफ्नो ध्यान रहेको उल्लेख गरे । जनतामा भ्रम छर्ने प्रवृत्तिलाई सुशासन र विकासमार्फत परास्त गर्न सकिने उनको भनाइ छ ।

गोरखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा ललितपुर खुमलटारमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “राष्ट्रलाई एकता, समृद्धि र सुशासनतिर लैजाने उपयुक्त थलो गोरखा हो । त्यहाँका जनताको भरोसा र विश्वासको बलमा मैले राष्ट्रिय एकता कायम गर्नुपर्छ । राजनीतिमा देखापर्न खोजेका आवेग, असन्तुष्टि र निराशालाई सम्बोधन गर्ने   ढङ्गले   गोरखाका   जनताको   विश्वासको बलमा अगाडि बढ्नुपर्छ ।” 

गोरखाका जनताले गरेको विश्वास र दिएको जिम्मेवारी पूरा गर्ने सङ्कल्प आफूले लिएको उनले बताए । आगामी पाँच वर्षभित्र गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने र महसुस गर्ने गरी विकासलाई गति दिने उनले उल्लेख गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको