Like us!
Follow us!
Connect us!
Watch us!

एमालेसँग सहकार्य गर्न माओवादी र नेकपा एस अनिच्छुक

पत्रपत्रिका

बुधबार, १४ मंसिर २०७९, ०८ : ०४ मा प्रकाशित

एमालेसँग सहकार्य गर्न माओवादी र नेकपा एस अनिच्छुक

आमनिर्वाचनको मतपरिणाम पूर्ण रूपमा नआउँदै तीन ठूला कम्युनिस्ट पार्टी मिलेर साना मधेसवादीसहित अन्य दल मिलाएर सरकार बनाउने प्रयास भए पनि सम्भव देखिएको छैन ।

नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एस मिलेर सरकार गठन प्रयास भए पनि माओवादी र एकीकृत समाजवादी ‘यथास्थितिमा त्यो सम्भव नभएको’ निष्कर्षमा पुगेका छन् ।

चुनावी परिणाम पूर्ण रूपमा नआउँदै गत ८ मंसिरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोनमार्फत ‘आगामी दिन मिलेर अघि बढ्न’ प्रस्ताव गरे । प्र्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शुभकामना साटासाट गरेका प्रचण्डले ‘आगामी दिन मिलेर जाने ओलीले प्रस्ताव गरे पनि’ ठोस जवाफ भने दिएनन् । ओलीले ‘तिक्तता बढ्दा धेरै टाढा पुगिएछ,’ भन्दै ‘अब मिलेर जाने’ प्रस्ताव गरेका थिए ।

ओली प्रधानमन्त्री रहेको बेला संविधानविपरीत दुई-दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि माओवादी र एकीकृत समाजवादी टाढिएका थिए । सोही कारण माओवादी र एकीकृत समाजवादीले ‘यथास्थिति’मा सहकार्य गर्ने पक्षमा देखिएका छैनन् ।

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले ‘तत्काल वाम गठबन्धन सरकार बन्ने’ सम्भावना नरहेको बताएका छन् । मंगलबार एकीकृत समाजवादी सचिवालय बैठकपश्चात सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले थपे, ‘यथास्थितिमा त्यो सम्भावना छैन ।’ राजधानी दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको