Like us!
Follow us!
Connect us!
Watch us!

८ अर्बले बढ्यो बैंकहरुको निक्षेप संकलन, सिडि रेसियो कति ?

अर्थ संसार

विहीबार, १५ मंसिर २०७९, ०७ : ३७ मा प्रकाशित

८ अर्बले बढ्यो बैंकहरुको निक्षेप संकलन, सिडि रेसियो कति ?

बैंक तथा वित्तिय संस्थाहरुको निक्षेप संकलन ८ अर्बले बढेको छ । निक्षेप संकलन बृद्धि भएसंगै कर्जा निक्षेप अनुपात(सिडि रेसियो) मा पनि सुधार आएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर १३ गते, मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ८ अर्बले बढेर ५१ खर्ब ९३ अर्ब पुगेको छ । मंसिर १२ गते, सोमबारसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ५१ खर्ब ८५ अर्ब रहेको थियो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ९ अर्बले बढेर ४५ खर्ब ७२ अर्ब रूपैयाँ पुगेको छ । 

यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४७ खर्ब ६१ अर्ब रूपैयाँमा स्थिर रहेको छ । 

औसतमा ८६.८८ प्रतिशत रहेको सीडी रेसियो घटेर ८६.७५ प्रतिशतमा झरेको छ। 

6388091e4b785.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको