Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न मेगा बैंकले डाक्यो साधारणसभा, के-के छन् अन्य प्रस्ताव ?

अर्थ संसार

विहीबार, १५ मंसिर २०७९, ०८ : १९ मा प्रकाशित

लाभांश पारित गर्न मेगा बैंकले डाक्यो साधारणसभा, के-के छन् अन्य प्रस्ताव ?

मेगा बैंक लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको संचालक समितिको बैठकले बैंकको १२ औँ वार्षिक साधारणसभा पुस ७ गते बिहिबार बिहान १० बजेदेखि राष्ट्रिय सभागृह, काठमांडौमा संचालन गर्ने निर्णय गरेको हो ।

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका बिचमा अन्तिम मर्जर सम्झौता भइ अहिले मर्जर प्रक्रिया अगाडी बढेको छ ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ७.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ । मर्जर तथा एक्विजिशन सम्बन्धि अन्य कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ । 

त्यस्तै सभाले मेगा बैंक नेपाल लिमिटेड र नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) प्रयोजनको लागि मुल्यांकनकर्ता PKF TR Upadhya & Co. बाट प्राप्त दुबै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन प्रतिवेदन (Due Diligence Audit Report) तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा संयुक्त मर्जर समितिको सिफारिसमा यस बैंकको सञ्चालक समितिले स्वीकृत गरे बमोजिम यस मेगा बैंक नेपाल लिमिटेडको १०० कित्ता शेयर बराबर यस बैंकका शेयरधनीहरूलाई मर्जर पछि बन्ने बैंकको ९० कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात ( १०० : ९० ) मा एक आपसमा गाभ्ने/गाभिने (मर्जर) कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्न विशेष प्रस्ताव पारित गर्नेछ ।

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ मंसिर २३ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको