Like us!
Follow us!
Connect us!
Watch us!

सिईओ परिवर्तन गर्ने तयारीमा नेपाल लाईफ इन्स्योरेन्स

अर्थ संसार

सोमबार, १९ मंसिर २०७९, १५ : ४० मा प्रकाशित

सिईओ परिवर्तन गर्ने तयारीमा नेपाल लाईफ इन्स्योरेन्स

नेपाल लाईफ इन्स्योरेन्सको संचालक समितिले सीईओ परिवर्तन गर्ने तयारी गरेको छ। प्रमूख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले अपेक्षा गरिए अनुसार काम गर्न नसकेको भन्दै नयाँ सीईओको खोजि तिव्र पारिएको हल्ला बजारभरि फैलिएको छ।  

सर्वसाधारण लगानीकर्ता मार्दै नेपाल लाइफ, कारबाही गर्ने तयारीमा बीमा प्राधिकरण

कम्पनीको सेयर संरचना अनुसार संचालकको नियुक्ति नभएको बिषयमा बीमा प्राधिकरणलाई मिलाउन नसकेको कारणले कार्तिक १९ गते प्राधिकरणले स्पष्टीकरण सोध्दै पत्र काटेको थियो। सो पत्रको उचित जवाफ कम्पनीले दिन सकेको छैन। संचालकहरु मध्ये आफ्नै नाममा शेयर नभएका व्यक्ति कमलेश कुमार अग्रवाल मात्र हुन्। त्यसैले संरचना अनुसार संचालक मिलान गर्ने हो भने हट्नेमा तिनै कमलेश देखिन्छन। यता पराजुलीलाई नेपाल लाईफमा भित्र्याउने कमलेश नै हुन्। आफूले सीईओ बनाएर ल्याए तापनि आफूले चाहे अनुसारको काम नगरेको भन्दै कमलेश पराजुलीसंग असन्तुष्ट रहेको र धेरै उपसमितिमा सदस्य भएका कमलेश धेरै भत्ता बुझ्ने र सानो सानो कुरामा व्यवस्थापनलाई हस्तक्षेप गर्ने पनि कमलेश नै भएको र कमलेश हट्दा आफुलाई सहज हुने पराजुलीको सोचाइ रहेको देखिन्छ । कम्पनीको दैनिक संचालन लगायतको काममा संचालक समितिको प्रत्यक्ष हस्तक्षेप हुँदा प्रमुख कार्यकारी अधिकृत पराजुलीलगायतको उच्च व्यवस्थापन टोलीले स्वतन्त्ररुपमा काम गर्न नपाएको गुनासो पुनः सुनिन थालेको छ ।

नेपाल लाईफका दुई संचालकको अवैध नियुक्ति भएको सम्बन्धमा नेप्सेले लेख्यो बिमा प्राधिकरण र धितोपत्र बोर्डलाई पत्र

कर्मचारीको दैनिक भत्ता, भ्रमण भत्ता लगायतको सुविधामा संचालक समितिको मौखिक निर्देशनको आधारमा कार्यकारी अधिकृत पराजुलीले अंकुश लगाएका थिए । नेपाल लाईफ स्वतन्त्र कर्मचारी यूनियनले सुविधा कटौतीको विरोध जनाएपछि खोसिएका सुविधाहरु यथावत उपलब्ध गराउन उच्च व्यवस्थापन बाध्य भएको थियो । अभिकर्ता र कर्मचारीलाई साथ लिन नसकेका पराजुली असक्षम सिइओ हुने पक्का छ । रिलायन्स लाइफमा राम्रो काम गर्न नसकेका पराजुलीलाई दोस्रो कार्यकाल नथपे पछि एक पोस्ट घटुवा भएर नेपाल लाइफमा संचालकले भनेको सबै मान्छु भनि एस म्यान बन्न आएका थिए ।

ब्याजदर वृद्धि फिर्ता लिन नेपाल लाइफका उच्च तहकाे बेवास्ता, आन्दोलनमा उत्रिने युनियनकाे चेतावनी

नेपाल लाईफ इन्स्योरेन्सले धितोपत्र बोर्ड र बीमा प्राधिकरणको निर्देशिकालाई धज्जी उडाउँदै गर्यो संचालक नियुक्ति

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको