Like us!
Follow us!
Connect us!
Watch us!

जनवरीदेखि फाइभजी सेवा सुरु गर्दै नेपाल टेलिकम

अर्थ संसार

मंगलबार, २० मंसिर २०७९, ०७ : ०१ मा प्रकाशित

जनवरीदेखि फाइभजी सेवा सुरु गर्दै नेपाल टेलिकम

नेपाल टेलिकमले जनवरी १ (पुस १७) देखि सर्वसाधारणका लागि फाइभजी सुरु गर्ने तयारी गरेको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसार परीक्षणकै रूपमा भए पनि उक्त जनवरी १ देखि सर्वसाधारणका लागि समेत फाइभजी उपलब्ध गराउने गरी तयारी टेलिकमको छ । 

टेलिकमले अहिले देशका विभिन्न चार स्थानमा आन्तरिक रूपमा फाइभजी परीक्षण गरिरहेको छ । तोकिएका ती ठाउँमा खासगरी उपकरण परीक्षणको काम भइरहेको हो । 

प्राधिकरणले टेलिकमलाई एक वर्षसम्म फाइभजी परीक्षण गर्न पाउने समय सुविधा उपलब्ध गराएको छ । उपकरण जडान कार्य सम्पन्न भएको प्राधिकरणलाई जानकारी गराएपछि परीक्षण अवधि सुरु हुने सर्त राखिएको छ । टेलिकमले सोहीअनुसार उपकरण जडान र परीक्षणको काम गरिरहेको हो । आन्तरिक परीक्षण सफल भएपछि टेलिकमले सर्वसाधारणका लागि यो खुला गर्नेछ । 

जनवरीदेखि खुला गर्ने तयारी गरिरहेको टेलिकमले आफ्ना ग्राहकका लागि भने यो सुविधा निःशुल्क उपलब्ध गराउनुपर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको