Like us!
Follow us!
Connect us!
Watch us!

शिखर पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

मंगलबार, २० मंसिर २०७९, १३ : २४ मा प्रकाशित

शिखर पावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणहरूका लागि साधारण सेयर आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकका लागि सम्झाैता गरेकाे छ । 

कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य एक सय रूपैयाँ दरको ९ लाख ९२ हजार ५ सय ८० कित्ता आईपीओ निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हाे । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

हिजाे मंसीर १९ गते ग्लोबल आइएमई क्यापीटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक विशेष कार्यक्रममा शिखर पावर डेभलपमेन्टको तर्फबाट प्रबन्ध निर्देशक हेमराज आचार्य र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

वि.सं.२०७२ सालमा स्थापना भई वि.सं. २०७९ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको यस शिखर पावर डेभलपमेन्ट लि. को रजिष्टर्ड कार्यालय काठमााण्डौं जिल्लाको टोखा १०, महादेवटारमा रहेको छ । यस शिखर पावर डेभलपमेन्ट लि. को अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी ३३ करोड ८ लाख ६० हजार रुपैयाँ रहेको छ । संस्थापक समुहको ७० प्रतिशत शेयर रहेको यस कम्पनीमा १० जना संस्थापक शेयरधनीहरुबाट २३ करोड १६ लाख २ हजार रुपैंया बराबरको शेयरपुँजी चुक्ता भैसकेको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भएको यस कम्पनीद्वारा निर्माणाधिन बागलुङ्ग जिल्लाको बडिगाड गाउँपालिकास्थित “भिमखोला साना जलविद्युत आयोजना (४.९६ मे.वा.)” आयोजना निर्माणको चरणमा रहेको र झण्डै ६५ प्रतिशत काम सम्पन्न भईसकेको छ । यस कम्पनीबाट सोही आयोजनाको क्यास्केड आयोजना “लोवर भिमखोला क्यास्केड जलविद्युत आयोजना (६.०५ मे.वा.)” पनि प्रवद्धन भईरहेको तथा भविष्यमा अरु पनि थप हाईड्रोपावर, होटेल, कृषि लगायतका क्षेत्रमा पनि लगानी गर्ने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक श्री हेमराज आचार्य बताउँछन् ।

शिखर पावर डेभलपमेन्ट लि.मा मुख्य लगानिकर्ताका रुपमा शिक्षा, निर्माण व्यवसाय, बैकिङ्ग लगायत विभिन्न क्षेत्रमा काम गरेका ख्याती प्राप्त व्यक्तिहरुको लगानी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको