Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार

बुधबार, २१ मंसिर २०७९, १० : ५६ मा प्रकाशित

मेगा बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

मेगा बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (मंसिर २१ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि मंसिर २३ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । भाेलि बिहीबार सार्वजनिक बिदा परेकाे हुनाले आज (मंसिर २१ गते, बुधबार) सम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकको १२ औँ वार्षिक साधारण सभा पुस ७ गते बिहिबार बिहान १० बजेदेखि राष्ट्रिय सभागृह, काठमाडौँमा सञ्चालन हुनेछ । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ७.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको