काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जरिवाना मिनाहा गरि दिन निर्वाचन आयोगमा निवेदन दिएका छन् । समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि शाहले जरिवाना मिनाहाका लागि निवेदन दिएका हुन् ।
निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौ महानगरपालिकाका प्रमुख शाहले असोज ११ गते जरिवाना मिनाहा गर्न निवेदन दिएका थिए । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, “जरिवाना मिनाहाका लागि निवेदन आएको सुन्या, तर उहाँको आग्रह निर्वाचन आयोगको क्षेत्राधिकार बाहिरको विषय हो ।” गोरखापत्र द्रैनिकबाट ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस