Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न गरिमा विकास बैंकले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

बुधबार, २८ मंसिर २०७९, १२ : ०७ मा प्रकाशित

लाभांश पारित गर्न गरिमा विकास बैंकले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

गरिमा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे मंसिर २६ गते, साेमबार, बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १६औँ वार्षिक साधारण सभा पाैष २२ गते, शुक्रबार होटल पोखरा ग्राण्ड, बिरौटा, कास्कीमा बिहान १० बजेबाट सुरु हुनेछ  ।

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १.५० प्रतिशत नगद गरी कुल १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

सभाले  गरिमा विकास बैंक लिमिटेडले अन्य ईजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था (हरु) एक आपसमा गाने / गाभिने (Merger) तथा अन्य बैंक तथा वित्तीय संस्था (हरु) प्राप्ति गर्ने (Acquisition ) सम्बन्धमा उपयुक्त बैंक तथा वित्तीय संस्था (हरु) खोजी गर्न उपयुक्त लागेको बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसन सम्बन्धी सहमतिपत्र (Memorendumn of Understanding ) तयार गरी हस्ताक्षर गर्न, सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन ( Due Diligence Audit) गर्ने मूल्यांकनकर्ता लेखापरीक्षक नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न र निजबाट बैंकको सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन ( Due Diligence Audit) गराउने, तथा गाभ्ने/ गाभिने ( Merger ) वा प्राप्ति गर्ने (Acquisition ) सम्बन्धमा नियमनकारी निकायहरुसंग सहमति लिने, गाभ्ने/गाभिने ( Merger) वा प्राप्ति गर्ने (Acquisition) सम्बन्धी कार्यको लागि प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने भएमा सो समेत गर्ने लगायतका सम्पूर्ण प्रक्रिया अवलम्बन गरी एक आपसमा गाभ्ने/गाभिने (Merger ) वा प्राप्ति गर्ने ( Acquisition ) सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ८ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष ७ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको