Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

अर्थ संसार

विहीबार, २९ मंसिर २०७९, ०६ : ३७ मा प्रकाशित

निफ्राको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्कासन गर्न लागेको उर्जा ऋणपत्रमा आज मंसिर २९ गतेदेखि आवेदन दिन सकिने छ । 

निफ्राले बार्षिक ७ प्रतिशत ब्यादरको ५० लाख कित्ता ऋणपत्रको ६० प्रतिशत ऋणपत्र व्यक्तिगत तवरबाट बिक्रि गरिने छ भने बाँकि ४० प्रतिशत अर्थात २० लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्काशन गरिने छ । सर्वसाधारणका लागि छुट्यायको २० लाख कित्ताको ५ प्रतिशत अर्थात १ लाख कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्यायर बाँकि रहेको १९ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

बैंकले ७ वर्ष अवधि भएको वार्षिक ७ प्रतिशत व्याज भएको '७ वर्ष, ७% निफ्रा उर्जा ऋणपत्र, २०८५/८६' नाममा ऋणपत्र निष्कासन गर्न लागेको हो ।

यो ऋणपत्रमा न्यूनतम २५ कित्ताका लागि आवेदन दिन पर्नेछ । आवेदकले छिटोमा पुस ४ गते र ढिलोमा पुस १४ गतेसम्ममा आवेदन दिइसक्नुपर्नेछ । त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको