Like us!
Follow us!
Connect us!
Watch us!

कम्युनिस्ट इतरको सरकार बनाउने गृहकार्यमा देउवा

पत्रपत्रिका

शुक्रबार, ०१ पुस २०७९, ०८ : ०० मा प्रकाशित

कम्युनिस्ट इतरको सरकार बनाउने गृहकार्यमा देउवा

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगकै ‘गोप्य सल्लाह’मा कांग्रेसका केही दोस्रो पुस्ताका नेता कम्युनिस्टइतरको सरकार बनाउने गृहकार्यमा जुटेका छन् ।

कम्युनिस्टइतर शक्तिलाई जुटाउँदा सजिलैसँगै १ सय ४५ भन्दा बढी सिटसहित स्पष्ट बहुमत हुने हुँदा कांग्रेस सो गृहकार्यमा जुटेको स्रोतको दाबी छ ।

निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाएसँगै अब दल नयाँ सरकार गठनमा जुटेका छन् । सोहीअनुसार कांग्रेसकै नेतृत्वमा कम्युनिस्ट इतर सरकार बनाउनेगरी आन्तरिक छलफल थालिएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आलोपालो प्रधानमन्त्रीको कुरा उठाउने गरेको भन्दै कांगे्रस वृत्तमा भने आलोपालो प्रधानमन्त्रीको च्याप्टर क्लोज गर्नुपर्ने माग उठेको छ ।

कांग्रेसका बहुसंख्यक नेता तथा सांसदले प्रधानमन्त्रीमा आलोपालो विषयमा अरुचि राख्न थालेको पाइएको छ । उनीहरूमध्ये अधिकांशले प्रधानमन्त्री देउवालाई भेटेर पाँच वर्षकै लागि प्रधानमन्त्री कांग्रेसकै हुनुपर्ने र आलोपालो गर्ने विषय आपूmहरूका लागि अस्वीकार्य हुने सुझाव दिँदै आएका छन् ।

विशेषगरी कांग्रेसले माओवादी केन्द्रसँग सहकार्य गरिरहँदा त्यसले सिंगो पार्टी पंक्तिलाई गम्भीर क्षति पु¥याइरहने हुँदा आमकांग्रेस कार्यकर्ताको चाहनाअनुसार माओवादीकेन्द्रसँगको सहकार्य टुटाएर कम्युनिस्टइतर शक्तिसँगको सहकार्यमा सरकार बनाउने आन्तरिक तयारी गरिएको कांग्रेस निकट उच्च स्रोतले जानकारी दिएको छ । राजधानी दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको