Like us!
Follow us!
Connect us!
Watch us!

शिवम सिमेन्ट : सेयरधनीलाई ४० करोड बाँड्दा,१५ करोड अफरको बहानामा आफैँ खाने दाउ

अर्थ संसार

शुक्रबार, ०८ पुस २०७९, २१ : ३३ मा प्रकाशित

शिवम सिमेन्ट : सेयरधनीलाई ४० करोड बाँड्दा,१५ करोड अफरको बहानामा आफैँ खाने दाउ

नेप्सेमा सूचिकृत पब्लिक कम्पनी शिवम् सिमेन्ट काण्डै काण्डको झुण्डले भरिएको छ । अर्थ संसारले कम्पनीका अनेकौँ काण्डहरूको चिरफार गर्दै निरन्तर समाचार सामाग्रीहरू सार्वजनिक गरिरहेको छ । हालै मात्र अर्थ संसारले कम्पनीका अध्यक्षले गरेका अवैध कारोबारको बारेमा खुलासा गरेको थियो ।

पुरा विवरणकाे लागि याे समाचार पढ्नुहाेस् : शिवम् सिमेन्ट्सका अध्यक्षको खाताबाट २७ लाख कित्ता गायब, कहाँ हरायो सेयर ?

शिवम् सिमेन्टकै कुरा गर्नुपर्दा यतिबेला कम्पनीले एउटा अफर सञ्चालन गरिरहेको छ । कम्पनीले “शिवमसँग उपहार टन्न ” नामक अफर ल्याएको हो । कम्पनीले मंसीर १८ गतेदेखि सुरु भएको यो अफरमा कम्तिमा १० देखि १५ करोड खर्च हुने देखिएको छ।

अफर अनुसार प्रत्येक २० बोरा सिमेन्ट खरिद गर्ने ग्राहकलाई हातखाली नहुने स्क्र्याच कुपन उपलब्ध गराउने र उक्त कुपन स्क्र्याच गर्दा ३ चरणमा शिवम् सिमेन्टको तर्फबाट ग्राहकले लक्की ड्रमा सहभागी हुन पाउनेछन् । बिज्ञापनमा हातखाली नहुने ड्र, मासिक र मेगा गरी ५ करोड रुपैयाँ नगद ,५ किलो सुन, १६ किलो चाँदी, हिराको औंठी,थाइल्याण्ड भ्रमण र हेली टुरका स्किमहरु रहेका छन्।  मासिक लक्की ड्र अन्तर्गत पहिलो पुरस्कारको रूपमा २ जनालाई थाइल्याण्ड भ्रमण गराउने उल्लेख गरेको छ। हामीले थाइल्याण्ड भ्रमणको प्याकेज हेर्दा रू ५० हजार पर्ने देखिन्छ जस अनुसार कम्पनीले यसमा १ लाख रुपैयाँ खर्च गर्नेछ।

त्यस्तै ४ जोडीलाई हेलीटुर जसको मूल्य २० हजार प्रति रहने हुँदा ८० हजार रुपैयाँ खर्च हुने भएको छ। कम्पनीले हिराको औंठी दिने उल्लेख गरेको छ जसमा प्रतिव्यक्ति ५० हजार देखि १ लाख सम्म खर्च हुने देखिन्छ। कम्पनीले बिज्ञापनमा उल्लेख गरे अनुसार मेगा लक्की ड्र र हात खाली नहुने उपहारहरु समावेश गरेर ५ केजी सुन वितरण गर्ने उल्लेख गरेको छ। हालको बजारमूल्य अनुसार ९९ लाख रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य ५ केजी अर्थात ४२८.८२ वितरण गर्दा कम्पनीले ४ करोड २४ लाख रुपैयाँ खर्च गर्नेछ। हालको बजारमूल्य अनुसार १३४४ रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य १६ केजी अर्थात १३७१.७७ तोला वितरण गर्दा कम्पनीले १८ लाख रुपैयाँ हिनामिना गरिरहेको छ।

कम्पनीकाे वित्तीय वविवरण नियाल्ने हाे भने अघिल्ला वर्षहरुको तुलनामा कम्पनीको नाफा उच्च रुपमा घटेको छ। कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तिय विवरण अनुसार गत वर्षको पहिलो ३ महिनामा २ अर्ब २० करोड बराबरको बिक्रि आम्दानी गरेको शिवमले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा जम्मा १  अर्ब ५३ करोड बराबरको मात्रै सिमेन्ट बेचेको छ। कम्पनीको बिक्रि आम्दानी गत वर्ष भन्दा ४३% ले घटेको देखिएको छ। कम्पनीको नाफा घट्दै गईरहेको अवस्थामा करिब १५ करोड रुपैयाँ खर्च हुने किसिमका अफर ल्याउनु उपयुक्त हो कि होइन भन्ने गम्भीर प्रश्न खडा भइरहेकाे थियाे ।

यसैबीच फेरि कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घाेषणा गर्याे । कम्पनीकाे लाभांश लगानीकर्ताहरूले अपेक्षा गरे अनुरूप आएन । गत वर्ष सेयरधनीलाई २९% नगद लाभांश वितरण गरेको शिवमले याे वर्ष भने सेयरधनीहरुलाई करसहित १०.५३% नगद लाभांश दिने घोषणा गरेको छ ।

यसरी हेर्दा शिवमले सेयरधनीहरूलाई वितरण गर्ने प्रतिफल घटाइरहँदा कम्पनीका व्यक्तिहरूलाई भने फाइदा हुने अनेकौँ बहाना खोजिरहेको छ । जसको एक उदाहरण हो माथि उल्लेख गरिएको अफर । प्रतिफलका नाममा सेयरधनीहरूलाई कुल ४६ करोड ३३ लाख रूपैयाँ बराबरको नगद लाभांश बाँड्दा कम्पनीले आफू भने अफरको बहानामा १५ करोड रकम खाने दाउ गरेको देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको