Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न नेपाल हाइड्रो डेभलपर्सले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

आइतबार, ०३ पुस २०७९, ११ : ५८ मा प्रकाशित

लाभांश पारित गर्न नेपाल हाइड्रो डेभलपर्सले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे पाैष १ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे साेह्राैँ वार्षिक साधारण सभा पाैष २९ गते, शुक्रबार लिसारा रिसेप्सन्स, नक्साल, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने पारित गरिनेछ ।

यसका साथै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ११ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :

639eb0f466059.jpg 639eb0fd3e5a7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको