Like us!
Follow us!
Connect us!
Watch us!

अब खल्तीबाटै चिडियाखानाको टिकट अनलाईन काट्ने सुविधा सुरु

अर्थ संसार

सोमबार, ०४ पुस २०७९, १३ : ४१ मा प्रकाशित

अब खल्तीबाटै चिडियाखानाको टिकट अनलाईन काट्ने सुविधा सुरु

खल्तीले अब प्रयोगकर्ताहरुलाई सजिलै  सदर चिडियाखानाको टिकट काट्न मिल्ने सुविधा ल्याएको छ। यस सुविधाले सदर चिडियाखानामा लाइन बसी टिकट काट्नुपर्ने समस्याको समाधान भएको छ। 

यस सेवाका बारे थप बोल्दै ‘खल्ती’ का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “विशेष गरि सानै छोराछोरी भएका अभिभावकहरुलाई अब परिवारलाई चिडियाखाना घुमाउन लाइन बसेर टिकट काट्नुपर्ने छैन। विगतमा पनि खल्तीले आम नेपालीहरुको समस्याहरु समाधानलाई ध्यानमा राखी यस्तै विभिन्न सुविधाहरु ल्याइसकेको छ। अब परिवारसँग गुणस्तरीय समय बिताउन,चिडियाखाना घुमाउन योजना बनाउँदा घरबाटै टिकट काट्न सजिलो भएकाले यसले आन्तरिक पर्यटनमा पनि योगदान गर्ने विश्वास हामीले लिएका छौँ।” 

इच्छुक प्रयोगकर्ताले तल बताइएको तरिका अनुसार खल्ती मार्फत सदर चिडियाखानाको टिकट बुक गर्न सक्नेछन् :

१.खल्ती एप को होमस्क्रिनमा  ‘सेन्ट्रल जु’ मा ट्याप गर्नुहोस् , 

२.उपलब्ध अप्सन जस्तै विद्यार्थी, बाल्बचा,विदेशी पर्यटकमा आफुलाई चाहिएको कोटामा टीक गर्नुहोस्, 

३.आफुलाई आवस्यक टिकट संख्या राखी व्यक्तिगत विवरण भर्नुहोस्,

४.पेमेन्ट अप्सन छानी भुक्तानी गर्नुहोस्  ।

खल्ती मार्फत काटिएको टिकट खल्तीको मेनु भित्र रहेको ‘माई बुकिङ्ग’ मा हेर्न सक्नेछन् । साथै खल्ती बाट सदर चिडियाखानाको टिकट काट्दा हरेक दिन  १ जना भाग्यमानी प्रयोगकर्ताले  ३२” यसुदा टिभी  जित्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको