एलन मस्कले ट्वीटरको सीईओ पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले सो कुरा आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट जानकारी गराएका हुन्।
उनले आफ्नो ह्यान्डलबाट ट्वीट गरेर सकेसम्म छिटो पद छाड्ने बताएका हुन् ।
उनी आफैले ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठिक होला कि, नहुँदा ठिक होला भनेर ट्वीटरमा भोटिङ पोल राखेका थिए। उक्त पोलमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए । हुनु पर्दैन भन्ने पक्षमा ४२.५ प्रतिशत मत आएको थियो। अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि उनले ट्वीट गरेर सीईओ पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।
Should I step down as head of Twitter? I will abide by the results of this poll.
— Elon Musk (@elonmusk) December 18, 2022
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस