Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैँकका ग्राहकहरुलाई स्वोनिगा लाउन्जमा सुविधाको साथै विशेष छुट

अर्थ संसार

बुधबार, ०६ पुस २०७९, १२ : ०२ मा प्रकाशित

एनएमबि बैँकका ग्राहकहरुलाई स्वोनिगा लाउन्जमा सुविधाको साथै विशेष छुट

एनएमबि बैँक र आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वोनिगा लाउन्ज बीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार ग्राहकहरुले लाउन्ज सेवाका साथै भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत पेमेन्ट गर्दा अधिकतम २० प्रतिशत सम्मको आकर्षक छुट पाउने व्यवस्था गरिएको छ । सम्झौतापत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा लाउन्जका प्रबन्ध निर्देशक सुबास श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

अत्याधुनिक बैँकिङ्ग सुविधा, विद्युतीय भुक्तानी अभिवृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैँकले छुटको लागी सहकार्य गरेको हो ।

बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईटको NMB Visa Card Discount सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको