Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको लाभांश घोषणा, डाक्यो साधारणसभा

अर्थ संसार

विहीबार, ०७ पुस २०७९, ०७ : ३७ मा प्रकाशित

नेपाल टेलिकमको लाभांश घोषणा, डाक्यो साधारणसभा

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) ले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश सहित साधारणसभा आह्वान गरेको  । कम्पनीको पुस ६ गते बुधबार बसेको सञ्चालक समिती बैठकले लाभांश प्रस्ताव सहित साधारणसभा डाकेको हो । 

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश मात्र वितरणको प्रस्ताव गरेको छ । गत बर्ष कम्पनीले पहिलो पटक नगद सहित बोनश सेयर समेत वितरण गरेको थियो । 

सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार १५ औँ वार्षिक साधारण सभा पुस २८ गते राष्टिय सभागृह, काठमांडौमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस १८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले पुस १७ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् । 

कम्पनीले प्रकाशन गरेको सूचना

63a3b98284d73.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको