Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको लाभांश घोषणा

अर्थ संसार

विहीबार, ०७ पुस २०७९, ०७ : ४८ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको लाभांश घोषणा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश सहित साधारणसभा आह्वान गरेको । सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार १७ औँ वार्षिक साधारण सभा पुस २८ गते राष्ट्रिय वाणिज्य बैंकको सभाहल दरबारमार्ग काठमांडौमा दिउँसो २ बजेदेखि सुरू हुनेछ । 

बैंकले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनश सेयर र ७.५ प्रतिशत नगद लाभांश गरी कुल १२.५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकले हालसम्म सर्वसाधारणका लागि आईपीओ भने जारी गरेको छैन । 

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको