Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई बैंकले पठायाे लाभांश, नआए के गर्ने ?

अर्थ संसार

आइतबार, १० पुस २०७९, १५ : १२ मा प्रकाशित

ग्लोबल आईएमई बैंकले पठायाे लाभांश, नआए के गर्ने ?

ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरिएकाे बैंकले जनाएकाे छ । 

बैंककाे मंसिर २३ गते, शुक्रबार सम्पन्न भएकाे साेर्ह्राैँ वार्षिक साधारण सभाले सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

साधारण सभाबाट पारित गरिएकाे १०.६ प्रतिशत नगद लाभांश सेयरधनीहरूको बैंक खातामा पठाइएकाे हाे ।

त्यसैगरी, बैंकले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको