Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राले पठायो नगद लाभांश, नआए के गर्ने ?

अर्थ संसार

मंगलबार, १२ पुस २०७९, ०७ : ५७ मा प्रकाशित

निफ्राले पठायो नगद लाभांश, नआए के गर्ने ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) ले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरिएको बैंकले जनाएको छ । 

बैंकको मंसिर १० गते, सम्पन्न भएको चौथो वार्षिक साधारण सभाले सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्षको नाफाबाट ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभाबाट पारित गरिएको ४.२१ प्रतिशत नगद लाभांश सेयरधनीहरूको बैंक खातामा पठाइएको हो ।

त्यसैगरी, बैंकले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । साथै बैंक खातामा प्यान विवरण समेत अद्याअधिक गराउनुपर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको