Like us!
Follow us!
Connect us!
Watch us!

आज सम्म SBL हातमा, हुनेछ १२.५०% बोनस सेयर साथमा

अर्थ संसार

मंगलबार, १२ पुस २०७९, ०८ : ४४ मा प्रकाशित

आज सम्म SBL हातमा, हुनेछ १२.५०% बोनस सेयर साथमा

सिद्धार्थ बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। 

सिद्धार्थ बैंक लिमिटेडले लाभांश तथा साधारणसभा प्रयोजनार्थ भोलि पुस १३ गते बुकक्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीकाे २१ औँ वार्षिक साधारण सभा पुस २८ गते, बिहीबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद लाभांश गरी कुल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सभमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर वा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, पूँजी वृद्धि लगायतका विषयहरु समावेश गरी बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

नेप्सेमा SBL (संक्षिप्त) नाममा कारोबार हुने गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको