Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५ कम्पनीकाे सेयरमूल्य समायाेजन

अर्थ संसार

मंगलबार, १२ पुस २०७९, १७ : ०० मा प्रकाशित

नेप्सेमा ५ कम्पनीकाे सेयरमूल्य समायाेजन

नेप्सेमा ५ कम्पनीकाे सेयरमूल्य समायाेजन भएकाे छ । सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, लुम्बिनी विकास बैंक, बिन्ध्यबासिनी हाइड्रोपावर र राधी विद्युत् कम्पनीको सेयरमूल्य समायाेजन भएकाे हाे ।

लुम्बिनी विकास बैंक

बैंककाे ३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३३६ रूपैयाँ ८९ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ । 

सिद्धार्थ बैंक

सिद्धार्थ बैंक लिमिटेडकाे १२.५० प्रतिशतका दरले बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३०१ रूपैयाँ ३३ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ । 

 नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंक लिमिटेडको ३ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २८७ रूपैयाँ ७७ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।  

बिन्ध्यबासिनी हाइड्रोपावर

बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनीकाे ५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३६५ रूपैयाँ ७१ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।  

राधी विद्युत कम्पनी

राधी विद्युत कम्पनीको ४ दशमलव ७५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २११ रूपैयाँ ९३ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको