नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ सरकार गठन एवम् समीकरणबारे यसअघि आफूहरुलाई जानकारी नदिइएको बताएका छन् ।
मंगलबार नेकपा एसको सुदूरपश्चिम प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा आयोजना गरेको निर्वाचित सांसदलाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीलाई जानकारी नै नदिई अरुको समर्थनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेको आरोप लगाए ।
अध्यक्ष नेपालले भने, “पार्टीलाई जानकारी नदिइकन प्रचण्ड अरुको समर्थनमा प्रधानमन्त्री भए, हामीलाई थाहा छैन । हामीले भनिदिनपर्ने हो कि, हामीलाई बोलाइदिनपर्यो, सामेल गरिदिनु पर्यो भनेर । प्रचण्डजीको व्यवहारबाट दुखित छु । हाम्रो पनि कपाल यतिकै पाकेको त होइन, आत्तिने र मात्तिने कुराबाट जोगिनुपर्छ ।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस